सरकारी बेवसाईटमा समस्या
२०७६ वैशाख २२ गते

बैशाख २२, काठमाडौं । सरकारका वेबसाइटहरुमा समस्या आएको छ । नेपाल सरकार मातहत सञ्चालित डट जिओभी डट एनपी डोमिनका वेबसाइटहरुमा आइतबार बिहानैदेखि यो समाचार पोष्ट गर्दासम्म सञ्चालनमा आउन सकेको छैन ।
सरकारी वेबसाइटहरुको डाटा सर्भर राख्ने गभरमेण्ट इण्टिग्रेटेड डाटा सेन्टर अर्थात् जिआइडीसीको मुख्य सर्भरमा समस्या आएपछि वेबसाइटहरु नखुलेको जनाईएको छ ।
null
अहिले प्रयोगकर्ताको संख्या (ट्राफिक) बढी भएको कारणले समस्या सरकारी तथ्याङ्क सुरक्षण गर्ने निकाय जिआइडीसीका सहायक निर्देशक रमेश पोखरेलले बताए ।यद्यपि, जिआइडीसीको सर्भरमा लिंक गराएका सबै वेबसाइट नचलेको कारण सर्भरमै समस्या आएको बुझिएको छ ।
२०७६ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








