जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, पाँच जना बिरामी

गलेश्वर, ६ असार । म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो । वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको हो । 

विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ ।बागलुङमा ७ जना बिरामीयसैबीच जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं २ मा सात जना विरामी परेका छन् । शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका पाँच वर्षीय छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई हाल ढोरपाटन–२ सेरामा बच्चा पढाउन डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, पाँच वर्षीय छोरा सन्दीप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारीखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् ।च्याउ खाएपछि विरामी परेका सातै जना अचेत अवस्थामा रहेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । उनीहरु सबैलाई सामान्य उपचारपश्चात थप उपचारका लागि पाल्पा पठाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =