आइजिपी खनाल फ्रान्स प्रस्थान

 

चैत २२, काठमाडौं । प्रहरी महाननिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल फ्रान्स प्रस्थान गरेका छन् । 

चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुनका लागि आइजिपी खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गरेका हुन् । 

null

इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालका प्रमुख समेत रहेका आइजिपी खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाइ गरेका थिए । 

सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

सम्मेलनमा प्रविधि एवं प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइबर अपराध, डार्क–नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषयका बारेमा छलफल हुने बताइएको छ । 

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जानकारी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =