चन्द्रागिरिमा हिउँ परे संगै १० हजारले चन्द्रगिरिकाे हिउँमा रमाए : फाेटाे फिचर सहित

माघ २६, काठमाडौं । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै काठमाडौको चन्द्रागिरीमा बाक्लो हिउँ परेपछि चन्द्रागिरिमा १० हजारले हिउँमा रमाएका छन् ।
यसअघि गत पुस २३ मा पनि चन्द्रागिरीमा हिउँ परे यता चन्द्रागिरीमा यो वर्ष पाँचौ पटक हिउँ परेको हो । चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्यामा वृद्धि भएकाे हाे । आईएमई ग्रुप प्रमुख जनशक्ति व्यवस्थापक राजु पौडेलले शनिबारमात्रै करिव १० हजार पाचँ सयजना चन्द्रागिरी पुगेको जानकारी दिए । चन्द्रागिरीमा पुग्नेको संख्या बढेपछि चन्द्रागिरी हिल्सले अवेरसम्म पनि सेवा दिएको पौडेलले जानकारी दिए ।
null
चन्द्रागिरि हिउँले बोटबिरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । चन्द्रागिरि घुमन पुगेका थानकाेटका माेहन डाँगीले हिउँ खेल पाउँदा र प्राकृति सँग रमन पाउँदा स्वर्गिय आनन्दकाे महसुस भएकाे बताए ।
पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे हाे । याे सँगै काठमाडौं उपत्यका नजिकै रहेका डाँडा फुलचोकी, शिवपुरी, नगरकोटमा समेत हिउँ परेको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।
चन्द्रागिरिमा हिउँ खेल्न पुगेका पर्यटकाे चापका कारण कंलकी नागढंगामा सवारी चाप सँगै ट्राफिक व्यवस्थापनमा कठिनाई उत्पन भएकाे थियोे ।
पानी रोकिएर घाम लाग्न सुरु भएसँगै काठमाडौं उपत्यका वरिपरिको दृश्य थप मनाेमहक र आकर्षक देखिएकाे छ ।चन्द्रागिरी समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको छ ।








