अनौठो रोगका कारण एक विद्यार्थीको मृत्यु १० बेहोस
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
भाद्र ११, बुटवल । पाल्पाको एक विद्यालयमा अनौठो रोगकाे शिकार भएर एक विद्यार्थीकोकाे मृत्यु भएकाे छ भने १० जना बेहाेस अवस्थामा रहेका छन् । अनौठो रोगका करण बेहोस भएका कक्षा १० मा पढ्ने एक १६ वर्षिय छात्राको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. ५ ताहुको रम्भा माध्यामिक विद्यालयमा अध्ययनरत पूर्वखोला गाउँपालिका ६ हेकलाङकी कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहान कोचिङ कक्षाका लागि जाँदै गर्दा बाटोमै बेहोस भएका कमलाको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले जानकारी दिएका छन् ।
जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का विद्यार्थी हुन् । बेहोस हुने मध्ये ८ जना छात्रा र २ जना छात्र रहेको उनी बताउँछन् ।
कमलाको मृत्युको खबर सुनेपछी अन्य विद्यार्थीहरु पढ्दा पढ्दै काम्ने, रुने र कराउने गरेर बेहोस भएको र दुई जना किशोरीको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।
उनीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको हुन सक्ने स्थानिय प्राथमिक उपचार केन्द्रकी विपना कुँवर बताउँछिन् । तर विद्यार्थीहरु बेहोस हुनुको खास कारण भने खुलेको छैन ।
हाल उनीहरुको ताहु प्राथमिक उपचार केन्द्र र तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाबाट डा. पुष्प ज्ञवालीको नेतृत्वमा विद्यार्थीको मृत्यु र बेहोस भएपछि त्यसबारे अध्ययन गर्नका लागि चिकित्सकहको टोली हाल घटनास्थल पुगेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)