गुल्मीमा विप्लव समूहका जिल्ला सदस्य पक्राउ

माघ १३, गुल्मी ।  प्रहरीले गुल्मीमा विप्लव समूहका जिल्ला सदस्य आकाश भनिने गोविन्द बहादुर विकलाई पक्राउ गरेकाे छ ।  

गुल्मी मुसिकोट नगरपालिका घर भएका  विक आफ्नो व्यक्तिगत काम परेर जिल्ला सदरमुकाम तम्घास आएको बखत प्रहरीले उनीलाई तम्घासस्थित रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट नियन्त्रणमा लिएको हो ।   

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका विकलाई  हिरासतमा राखी  अनुसन्धान भईरहेको छ ।   

Image result for विप्लव समूह

प्रहरीले पछिल्लो समयमा बिप्लव समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै सो समूहका गतिविधिमाथि निगरानी बढाई रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =