शास्त्र अनुसार बुधबार यी कार्य गर्दा शुभफल प्राप्त

भाद्र ११ । हामीले कुनैपनि कार्य गर्दा बार अनुसार गरे हाम्रो जिवनमा धेरै राम्रो हुन्छ । बार अनुसार कार्य गर्दा हाम्रो जिवनमा आईपर्ने समस्याहरु हटेर जान्छ, जिवन सुखमय बन्छ । जस्तै कुनै कुरा कुनै बार गर्दा अशुभ हुने हुन्छ भने कुनै कुरा कुनै बार गर्दा शुभ हुने भएकोले हामीले केही कार्य गर्दा धर्मशास्त्र अनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा शुभ फल प्राप्त हुन्छ ।   

जस्तै बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी शुभफल दिन्छ। बुधबार के गर्दा जिन्दगीमा सुख, शान्ति समृद्ध प्राप्त हुन्छ तल बताईएको छ ।   

–  हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ। 

Related image

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। 

– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। 

– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ । 

– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =