आइसीसी क्रिकेट लिग टू : व्याटिङ गर्दै नेपाल, भेट्टाउला १९८ रनको लक्ष्य ?

 माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा अहिले नेपाल र ओमानबीचको खेल जारी छ । टियु क्रिकेट मैदानमा जारी खेलमा अहिले नेपाल व्याटिङ गरिरहेको छ । ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउँदे जावाफी व्याटिङ गरि रहेको नेपालले ३१ ओभर सकिँदा ५ विकेट गुमाएर १ सय १२ रन बनाएको छ ।   

यसअघि टस हारेर व्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।   

ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेले । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए । 

नेपालका सर्वाधिक किरण केसीले चार विकेट लिए भने सुशन भारीले ३ विकेट लिए उनले १० ओभरमा १४ रनमात्र खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे । 

एकदिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गरेको छ । यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ ।  ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =