प्रकाश पाण्डेको नेतृत्वमा इक्यान कार्य समिति सर्वसम्मत

पुस २५, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं साधारणसभा तथा निर्वाचनमा प्रकाश पाण्डेसँगै सम्पूर्ण कार्य समिति नै सर्वसम्मत आउने भएको छ ।
दुई दिनदेखि इक्यानको नेतृत्व सर्वसम्मत नै पारित गर्ने कसरत भइरहेकोमा आज साँझ उम्मेद्वारका आकांक्षीविच सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत ल्याउने साझा धारणा बनेको छ । ‘इक्यान विशुद्ध ब्यवसायीक हक हितका लागि खोलिएको संस्था भएकोले यसमा राजनीतिमा जस्तो निर्वाचन पद्दति गर्न उचित नदेखिएकोले यस पटक धेरैले सर्वसम्मतको कुरा गर्नुभएको छ । संभवतः पाण्डेकै नेतृत्वमा सम्पूर्ण पदाधिकारी सर्वसम्मत आउँछन् ।’ एक सदस्यले मकालु खबरसँग भने ।
इक्यानभित्र लोकप्रिय रहेका प्रकाश पाण्डेकै नेतृत्वमा कार्य समिति नै सर्वसम्मत आउने भएपछि यसअघि निर्वाचनबाट कार्य समिति चयन गर्नुपर्छ भन्ने पक्षका केहि सदस्यहरु समेत उत्साहित छन् ।

दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय प्रकाश पाण्डेले इक्यानलाई सुद्धिकरण समेत गर्दै ब्यवसायीक मर्यादा कायम गर्ने अठोट लिएका छन् । पुर्णतः सामाजिक तथा ब्यवसायीक हक हितका लागि खोलिएको संस्थामा राजनीतिकरण हुँदै गएको र पछिल्लो समय राज्यले समेत शैक्षिक परामर्श ब्यवसायीलाई दुखः दिइरहेको अवस्थामा प्रकाश पाण्डेले ती सबै समस्याबाट इक्यानलाई पार लगाएर अगाडी बढ्ने मिसन बनाएका छन् ।
मेट्स एजुकेशन मार्फत विद्यार्थी अभिभावकलाई शैक्षिक परामर्श दिइरहेका पाण्डेसँग शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, ब्यवस्थित गर्ने रोडम्याप रहेको शैक्षिक परामर्श ब्यवसायीहरु नै बताउँछन् । ‘पछिल्लो समय जुन प्रकारले इक्यान भित्र गैर इक्यानीयनहरुको अप्रत्यक्ष हस्तक्षेप भयो त्यसलाई चिर्नका लागि र समग्र शैक्षिक परामर्श क्षेत्रलाई नयाँ शीराबाट अगाडी बढाउन पनि उहाँको विकल्प छैन । पाण्डेलाई सर्वसम्मत चयन गरेर इक्यानले नयाँ सहमति र सहकार्यको नयाँ शुरुवात गरेको छ ।’ एक साधारण सदस्य भन्छन् ।
अहिले शैक्षिक परामर्श क्षेत्रमा ब्यापक सुधारको खाँचो छ । यो सुधार राज्यले भन्दापनि शैक्षिक परामर्श ब्यवसायीले नै गर्दा प्रभावकारी हुन्छ । इक्यान शैक्षिक परामर्श क्षेत्रकै ठूलो संस्था भएकोले राज्यसँग आफ्ना हक अधिकार संस्थागत गर्ने सवालमा र ब्यवसायीक मर्यादा कायम गराउने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ । शैक्षिक परामर्श क्षेत्रमात्र नभएर राज्यका निती निर्माणमा रहेका स्टेक होल्डरसँग स्पष्ट रुपमा आफ्ना कुरा राख्ने र ब्यवसायीलाई इमान्दार तथा निर्धक्कसँग ब्यवसाय गर्ने वातावरण बनाउन पनि इक्यानमा प्रकाश पाण्डे जस्ता अनुभवी, शालिन र बौद्धिक युवाहरुको आगमन आवश्यक छ ।
पाण्डेले यसअघि नै एक कार्यकाल इक्यानमा सफलतापूर्वक निर्वाह गरिसकेकाले अब पुनः इक्यानलाई सोहि प्रकारको टीम बनाएर अगाडी लैजानु पर्छ । यसका लागि सबै इक्यानीयनले सहमति र सहकार्यको नयाँ शुरुवात गर्नुपर्छ ।








