प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो

मंसिर ११, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट हाटाइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएपछि भेन्टिलेटरबाट हटाइएको हो ।   

मंगलबार राति भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनलाई आज (बुधबार) बिहान भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।  

प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे उपचारका लागि ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । उनको विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले परम्परागत पद्धतिबाट पेट चिरेर अप्रेसन गरेका थिए । 

null

एपेन्डिक्स काटेर फाली त्यस वरिपरिको क्षेत्र ‘वास’ अर्थात सफाई गरिएको चिकित्सकको भनाई उद्रित गर्दै प्रधानमन्त्रीका सल्लाहकार थापाले बताए । अप्रेसन लगत्तै प्रधानमन्त्री ओली होसमा आएका थिए । 

अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =