हनुमान चालिसा सर्वाधिक शक्तिशाली र लोकप्रीय, यस्तो छ चमत्कारीक फाइदा !

मंसिर २९ , काठमाडौं । भक्त द्वारा आफ्ना भगवान वा इष्टलाई प्रसन्न गराउनका लागि गरिने प्रार्थनालाई नै चालिसा भनिन्छ ।   

हनुमान चालिसाको पाठ गर्नका लागि खास नियमको आवश्यकता छैन । तर केही यस्ता साना साना कुराको ध्यान राखेर हनुमान चालिसा पाठ गर्नुपर्छ ।   

हनुमान चालिसामा भएको हरेक लाइनको अलग अलग महत्व छ । त्यसैले त्यसको विशेष प्रकारको समस्यामा विशेष प्रयोग हुन्छ । तुलसीदासद्धारा लिखित हनुमान चालिसा सर्वाधिक शक्तिशाली र लोकप्रीय मानिन्छ ।   

null

शास्त्रअनुसार सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । 

हनुमान चालीसा को प्रयोग विधिस् हनुमान जी तथा उनको इष्ट भगवान श्री राम को चित्र स्थापना गर्ने । त्यसपछि उनको तस्बिर अगाडी एउटा जल भरिएको भाँडो राख्ने । तामाको सानो अंखरामा जल राख्न सकिन्छ । 

पलेटी मारेर बस्ने अनि कम्तिमा तीन अथना बढीमा १०८ पटक हनुमान चालिसाको पाठ गर्ने गर्नुपर्छ । यति कुरा ध्यानमा राखौं की हनुमान चालिसा पाठ गर्ने समय दिनहुँ एउटै भएको राम्रो ।   

यदि कतै यात्रामा रहँदा वा घर बाहिर रहँदाको समय बाहेक हनुमान चालिसा पाठ गर्ने एउटै समय निर्धारण गर्दा उत्तम हुन्छ । विशेष अवस्थामा पनि हनुमान चालिसाको पाठ गर्न सकिन्छ । यात्रामा रहंदा वा सुतेको समयमा पनि चालिसको पाठ गर्न सकिन्छ । 

जसको मंगल ग्रह खराब चलिरहेको हुन्छ या जिवनमा कुनै कुरा पनि राम्रो भैरहेको हुदैन त्यस्ता ब्यक्तिले मगलबारको ब्रत राखेमा सुभ हुन्छ। यो ब्रत हनुमान जि लाई प्रसन्न गर्नका लागी गरिन्छ। अन्य देवी देवता जस्तै हनुमान जि को पुजा या ब्रत बस्न पनि बिसेश बिधि र तरिका हुन्छ जसको प्रयोग गर्दा उचित फल प्राप्त हुन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =