चेल्सीका पूर्व प्रशिक्षक सार्री अस्वस्थ भएर अस्पताल भर्ना

भदौ ३, ऐजेन्सी । चेल्सीको पूर्व प्रशिक्षक तथा युभेन्टसका म्यानेजर माउरिजियो सार्री अस्वस्थ भएका छन् । ६० वर्षीय सार्रीलाई  निमोनिया निमोनिया भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।   

फ्लु भएको आशंकामा उनको सामान्य परीक्षण गर्दा उनलाई निमोनिया भएको रिपोर्ट आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । उनी अस्पताल भएसँगै अब उनले यो साता हुने त्रिस्टिनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । युभेन्टसले सिजनको पहिलो खेलका लागि शनिबार पार्मासँग खेल्नेछ ।   

गएको सिजन चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका सार्री त्यसको लगत्तै युभेन्टसमा अनुबन्ध भएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =