कोरोना भाइरसबाट बहराइनमा तीन नेपाली संक्रमित
२०७६ चैत ९ गते

चैत्र ९, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट बहराइनमा तीन नेपाली संक्रमित भएका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।
साथै कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिएका छन् ।
रोजगारीका शिलशिलमा बहराइनमा करिब ३५ हजार नेपाली पुगेका छन् ।

अहिलेसम्म बहराइनमा ३१० जना कोरोनाबाट संक्रमित भएका छन् भने ती मध्ये १२५ जनालाई ठीक भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








