कोरोना भाइरसबाट बहराइनमा तीन नेपाली संक्रमित

चैत्र ९, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट बहराइनमा तीन नेपाली संक्रमित भएका छन् ।  बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । 

साथै कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिएका छन् । 

रोजगारीका शिलशिलमा बहराइनमा करिब ३५ हजार नेपाली पुगेका छन् । 

अहिलेसम्म बहराइनमा ३१० जना कोरोनाबाट संक्रमित भएका छन् भने ती मध्ये १२५ जनालाई ठीक भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *