‘नादेज्दा कप २०१९’का लागि आज महिला फुटबल टोली कीर्गिस्तान जाँदै

भदौ १९, काठमाडौँ । कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली बिहीबार(आज) त्यसतर्फ प्रस्थान गर्दै छ । कीर्गिस्तान जाने १८ खेलाडीसहित २४ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ ।   

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । ‘नादेज्दा कप २०१९’का लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् ।   

नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल यही भदौ २३ गते उज्वेकिस्तानसँग र  २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिगचरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको अन्तिम चरणको  भदौ २६ गते हुनेछ ।   

सहभागी १८ सदस्यीस्य टोलीमा एन्जिलातुम्बापो सुब्बा, अञ्जना राना मगर, पुनम जर्घामगर, हीराकुमारी भुजेल, अम्रिता जैसी, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, सावित्रा भण्डारी, नीरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी र इन्दिरा राई छन् ।   

त्यसैगरी अन्य सहभागीमा मुख्य प्रशिक्षक प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक अस्मिता खवास, फिजियोथेरापीस्ट नविना श्रेष्ठ, टोली चिकित्सक डङ्गोल महर्जन र व्यवस्थापक पेमाडङ्गोल लामा छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =