डिआईजी पोखरेलले ट्राफिक प्रमुख ढकालको किन गरे तारिफ ?

चैत्र ४, काठमाडाैँ । राजधानीको ट्राफिक व्यस्थापनमा सुधार आएको प्रति महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआईजी विश्वराज पोखरेलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालको तारिफ गरेका छन् ।
डिआईजी पोखरेल अफिसियल कामको शिलशिलामा महानगरीय प्रहरी कार्यालयबाट लगनखेल सम्म जाँदा पिक आवरमा पनि बाटोमा कुनै ट्राफिक जाम समस्या नदेखेपछि ढकालको तारिफ गरेका हुन् ।
पोखरेलले फोन गर्दे ढकाललाई भने, “अहिले पिक आवरमा पनि ट्राफिक जाम कम हुनुको कारण लेन सिस्टमको कारणले हो कि अरू कुनै नयाँ योजना लागू गरिएको हो । ” ढकाले जवाफ दिँदै भने, बिच-बिचमा अवरोध हुने कुरा हटाएका छौं हाम्रो डिउटी पनि ठाँउमा सकृय छ । क्रसिङहरु निषेध गरेका छौं । राईट ट्रर्न निषेध गरिएको छ, ट्राफिक लाईट सञ्चालनमा छन् र पाकिङ्गहरु कडा रुपमा हटाएको कारण राजधानीको ट्राफिक जाम समस्या सहज भएको बताए ।

ट्राफिक जाम समस्या हल भएकोमा खुशी जनाउदै डिआईजी पोखरेलले पाकिङ्गहरु पिक एण्ड ड्रप,लने मारकिङ गर्नु पर्ने ठाँउमा तत्काल गर्ने निर्देशन समेत दिए ।








