सिद्धार्थ बैंकद्धारा प्रत्येक प्रदेशलाई १०/१० लाख सहयोग

चैत्र १६, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ ।   

सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।   

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।   

नेपाल सरकारले अनुराध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ  ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *