घुम्टे पत्रकारिता पुरस्कारको विषयमा गलकोट नगरलाई ध्यानाकर्षण गराइने

चैत ५ बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आबद्ध गलकोटका पत्रकारहरूको बैठक आज हटियामा सम्पन्न भएको छ ।   

बैठकले गलकोट क्षेत्रको पत्रकारिताको विकास, स्तरोन्नतिसँगै स्थानीय तहसँगको सम्बन्ध र सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको छ । त्यस्तै गलकोट नगरपालिकाले वि.सं २०७४ सालमा स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार आर्थिक वर्ष २०७५/०७६ मा वितरण नगरेको र त्यसको कार्य विधिको विषयमा नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरिएको गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेलले जानकारी दिए ।   

सो अवसरमा नेपाल पत्रकार महासङ्घमा आबद्ध रही गलकोट बाहिर कार्यरत गलकोटका पत्रकारहरूको विवरण समेत सङ्कलन गरिएको छ ।   

null

गलकोटमा पत्रकारहरूको क्रियाशील संस्था गलकोट पत्रकार समाजको विधि विधान बमोजिम नयाँ सदस्यता वितरण तथा विस्तार र संस्थामा आबद्ध पत्रकारहरूको नवीकरण गर्ने, आगामी वैशाख ६ गते नयाँ वर्षको शुभकामना आदान प्रदान तथा पत्रकारहरूको भेला आयोजना गर्ने निर्णय गरिएको बताइएको छ ।   

बैठकले आफ्नो लागि एक दिन अभियान सञ्चालन गर्न मासिक रूपमा अन्तरक्रिया, स्नेह मिलन लगायतका कार्यक्रमहरू गर्ने समेत प्रस्ताव पारित गरेको छ । बैठकमा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आबद्ध गलकोटे पत्रकारहरूको उपस्थिति रहेको थियो । बैठक नेपाल पत्रकार महासङ्घ बागलुङमा आबद्ध ज्येष्ठ पत्रकार दिनेश पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =