रियलमीको रियलमीफाईभ आई बजारमा

माघ ८, काठमाडौं । स्मार्ट फोन ब्राण्ड रियलमीले नयाँ क्वाड् फोन रियलमीफाईभ आई बजारमा ल्याएको छ । नेपाली बजारमा छोटो अवधिमै फस्टाउन सफल रियलमीफाईभ सिरिजले सो स्किम बजारमा ल्याएको हो ।   

विश्वभर ५.५ मिलियनभन्दा बढी ढुवानी भएको रियलमी सिरिजले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाईनको साथमा सुपथ मूल्यमा रियलमीफाईभ आई बजारमा ल्याएको हो । पाँच हजार एम एच ब्याट्रीका साथै रियलमीफाईभ आईले सबै भन्दा राम्रो ब्याट्री लाइफ र सबैभन्दा लामो ३० दिने स्टयाण्डबाई प्रदान गरेको छ । यसले ब्याट्रीको सुरक्षा निश्चित गर्न फायरप्रुफ-प्रोटेक्टिभ सेपरेशन पनि निर्माण गरेको छ ।   

रियलमीफाईभ आईमा ११ एनएम उत्पादन प्रक्रिया अवधीमा आधारित स्नापड्रागन ६६५ ए.आई.ई रहेको छ । जसले २.० गिगाहर्जको क्लक स्पिडमा काम गर्न सक्ने छ । साथै थर्ड जेनेरेसन क्वालकम ए.आईले उल्लेखनिय खेलको अनुभव र प्रदर्शन प्रदान गर्नेछ ।   

रियलमीफाईभ आईमा ११९ अल्ट्रा वाईड एन्गल लेन्स (८ एम्. पी), मेन क्यामेरा (१२ एम् पी), पोरट्रेट लेन्स्(२एम.पी) र अल्ट्रा म्याक्रो लेन्स(२एम.पी) को क्वाड क्यामेरा सेटअप रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =