चितवनमा मिनी म्याराथोन हुने

माघ ४, चितवन । रोटरी क्लव अफ रत्ननगरको आयोजनामा यही माघ ११ गते मिनी म्याराथोन हुने भएको छ । 

राप्ती नगरपालिकाको भण्डारादेखी रत्ननगरको निपनी सम्म करिव १५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।   

यसअघि रोटरीले ८ किलो मिटरको म्याराथोन आयोजना गरिसकेको छ । राष्ट्रियस्तरको म्याराथोनमा प्रथम हुनेले नगद ५० हजार रुपैया प्राप्त गर्ने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले वताए । द्धितिय हुनेले नगद २५ हजार र तृतिय हुनेले नगद १५ हजार रुपैया,चाँदीको तक्मा तथा प्रमाणपत्र प्राप्त गर्ने उनले वताए । 

प्रतियोगितामा विभागिय टिमका धावक,चेपाङ धावकसहित ३०० जना धावकको सहभागीता रहनेछ । प्रतियोगिता पुरा गर्ने महिला धावकहरुलाई नगद ५ हजार रुपैया प्रदान गरिने छ ।   

प्रतियोगितामा सहभागीता जनाउन धावकहरुले नगद ४ सय रुपैया शुल्क तिर्नु पर्नेछ । प्रतियोगिताका विजेताहरुलाई रोटरी क्लवका गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिनेछ ।   

रोटरी क्लव अफ रत्ननगरले रत्ननगर उद्योग वाणिज्य संघमा रोटरी पुस्तकालय,शहिद स्मृती पुस्तकालय,टिकौलीमा सार्वजनिक शौचालय निर्माण गरिसकेको छ भने सौराहा सिसुवारमा घण्टाघर निर्माणाधिन अवस्थामा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =