काठमाडौंमा चोरी गर्ने ४ जना पक्राउ
मकालु खबर
२०७६ मंसिर १८ गते
मंसिर १८, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने ४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानमा समूह बनाइ चोरी गर्ने ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका– ८ घर भइ टोखा बस्ने २७ वर्षीय भुवन नेपाली, नुवाकोट घर भइ हाल टोखामै बस्ने २२ वर्षीय रोज परियार, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भइ हाल स्वयम्भु बस्ने २७ वर्षीय सुवास खड्का र झापा गौरादह नगरपालिका–१ घर भइ हाल घट्ट्कुलो बस्ने ५१ वर्षीय ख्यामराज घिमिरे रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ५७ हजार ५ सय नगद, ओपो मोबाइल १ थान, सामसुङ मोबाइल २ थान, सुनको गहना नेकलेस डेढ तोलाको १ थान र फलामको छिनो (रड) १ थान बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित