एसीसी इस्टर्न रिजन टी–२० : नेपाल र सिङ्गापुरबीचको खेल रद्द

फागुन २३, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता आन्तरगत शुक्रबार हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ ।   

थाइल्याण्डमा जारी उक्त प्रतियोगिता मैदान तयार नभएका कारण खेल स्थगित भएको हो । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल सुरु नै हुन सकेन ।   

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय भएको थियो तर पिच साँढे दुई घण्टासम्मपनि पिच तयार हुन नसकेपछि खेल स्थगित भएको एसीसीले जनाएको छ । 

यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुई स्थान पक्का गरिसकेको सिंगापुरले एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ । 

उता उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार बेहोरेसँगै लक्ष्य पूरा गर्न असफल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =