महिला क्रिकेट : बंगलादेशसंग १० विकेटले नेपाल पराजित
२०७६ मंसिर १८ गते

मंसिर १८, कास्की । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत महिला क्रिकेटमा बंगलादेशले नेपाललाई १० विकेटले पराजित गरेको छ ।
बुधबार पोखमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले १९ दशमलब १ ओभरमा अलआउट हुँदै ५)० रन बनाएको थियो ।
५१ रनको झिनो लक्ष्य पाएको बंगलादेशले मात्र ७ दशमलब ४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।
null
नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








