मौसम विश्लेषणः हिमपातकाे संभावना अझै छ

माघ ७, काठमाडौं । जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसमको पूर्वानुमान गरेको छ । महाशाखाले देशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने बताएको छ ।   

महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान   

null

माघ ७ गते (मंगलबार)   

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम  हिमपातको सम्भावना रहेको छ । 

राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । 

माघ ८ गते (बुधबार)   

दिउँसो मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ । राती भने मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ । 

माघ ९ गते (बिहिबार)   

दिउँसो मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ । राती देशको पूर्वी  भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।   

उच्च हिमाली भेगका हल्का देखी मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू–भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =