१३ औँ सागः फुटबलमा बङ्गलादेशद्वारा श्रीलङ्का १–० ले पराजित
२०७६ मंसिर २० गते

मंसिर २० काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग०अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए ।
उनले खेलको १०औँ मिनेट गोल गरेका हुन् । जितसँगै बङ्गलादेशको तीन खेलबाट चार अङ्क पाएको बङ्गलादेश तेस्रो स्थानमा छ । साग पुरुष फुटबलमा नेपाल, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी छन् । भारत र पाकिस्तानको पुरुष फुटबल टोली सहभागी छैन ।
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








