मालपोत कार्यालय महोत्तरीका नासु घुससहित पक्राउ

माघ २०, महोत्तरी । मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा १० हजार घुस रकमसहित पक्राउ परेका छन् । 

शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गे हात पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । 

null

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ । पक्राउ परेका नासु कार्की केही महीना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =