मकालु खबरकर्मी भरतराज शर्मा सम्मानित
२०७६ असोज १३ गते

असोज १३, धरान । बराह ज्वेलरीको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीकको असवरमा सुनसरी धरानका मकालु खबरकर्मी भरत राज शर्मा (गोपाल) सम्मानित भएका छन् ।
पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै बराहले सोमबार आयोजित एक भव्य समारोहका बिच उनलाई सम्मान गरेको हो । बराहले उनीसहित धरानका अन्य ८ जना पत्रकारहरुलाई पनि सम्मान गरेको छ ।

प्रबोध साप्ताहिकका प्रधान सम्पादक लम्जेल संघर्षशिल, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका रत्न आचार्य, बलाष्ट राष्ट्रिय दैनिकका गोपाल दाहाल, बिजयपुर साप्ताहिककी गंगा बराल तथा एभी न्युज टेलिभिजनकी विनय प्रधान सम्मानित भएका हुन् । उनीहरुलाई नगद सहित सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
२०७६ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








