प्रकाश पाण्डेकै अध्यक्षतामा इक्यानको कार्य समिति सर्वसम्मत

पुस २७, काठमाडौं । शनिबार दिनभर र राती अबेरसम्मको कसरतले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सर्वसम्मत रुपमा नयाँ कार्य समिति पाएको छ । इक्यानको शनिबारदेखि शुरु भएको १४ औं साधारणसभाले प्रकाश पाण्डेको अध्यक्षतामा आइतबार विहान सर्वसम्मत सम्पूर्ण कार्य समिति चयन गरेको हो । 

एकसातादेखि नै यसपटकको कार्यसमिति सर्वसम्मत चयन गर्ने कसरत भएको थियो । अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत भएपनि अन्य पदका आकांक्षी अत्याधिक भएपछि उनीहरुलाई मिलाउन इक्यानका पूर्व अध्यक्ष, सल्लाहकार तथा अग्रजहरुलाई मुस्किल भइरहेको थियो ।   

गएको बिहिबार साँझसम्म अध्यक्षसँगै तीन उपाध्यक्ष, महासचिब सर्वसम्मत गर्न सहमति जुटेको थियो । तर, सचिब, कोषाध्यक्ष र सदस्यहरुमा सहमति जुटेको थिएन ।   

Image may contain: 12 people, including Deepakraj Bhusal and शेषराज भट्टराई, people smiling, people standing

शनिबार राती केही पदहरुमा निर्वाचन नै गर्ने भनेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको भएपनि सँगसँगै आकांक्षीहरुलाई सहमतिमा ल्याउन बारम्बार प्रयासहरु भइरहेका थिए ।   

यस कार्यमा अध्यक्षका प्रत्यासी प्रकाश पाण्डे, महेशबाबु तिमिल्सीना, हालका अध्यक्ष बिष्णुहरी पाण्डे, हालका उपाध्यक्ष राजेन्द्र रिजाल, सल्लाहकार बुद्धि प्रसाद रेग्मी तथा सर्वसम्मतीको लागि पटकपटक प्रयास गरिरहेको ईक्यानका पुर्वअध्यक्षत्रय राजेन्द्र बराल, दिपक गुरुङ र अरुण लामीछानेको टोलीले अन्तिम समयमा सहमतिको बातावरण तयार गरेपछि सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको हो ।   

संघको प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी सर्वसम्मत चयन भएका छन् । 

महासचिवमा दीपकराज भुसाल चयन भएका छन् भने प्रथम सचिवमा बासुदेव दाहाल र द्वितिय सचिबमा बीके श्रेष्ठ चयन भएका छन् । त्यस्तै, साधारणसभाले कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषध्यक्षमा कर्ण गुरुङलाई चयन गरेको छ । 

संघको सदस्यहरुमा सुष्मा आचार्य, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, आशिक कार्की, विकल्पराज पोख्रेल, आर्यन उप्रेती, भवनाथ हुँमागाई, सुभास गौतम र शिव त्रिपाठीलाई चयन गरेको छ । 

यस अघि शनिबार विहान संघको १४ औं साधारण सभाको उद्घाटन संस्कृति र्पटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा शैक्षिक परामर्श दातृ निकायले ठूलो योगदान पुर्याएको चर्चा गर्दै विदेशमा वर्षेनी गुणस्तरीय उच्च शिक्षा हासिल गरेका दक्षजन शक्तिलाई नेपालमा ल्याउने वातावरण बन्दै गएकोले अब उनीहरुलाई स्वदेश फर्क भन्नुपर्ने बताएका थिए ।   

निर्वाचित पदाधिकारी तथा सदस्यहरुअध्यक्ष: प्रकाश पाण्डेनि• बर्तमान अध्यक्ष: बिष्णु हरी पाण्डेप्रथम उपाध्यक्ष: देवीदास भट्टराईदितिय उपाध्यक्ष: शेष राज भट्टराईत्रितिय उपाध्यक्ष: कृष्ण के• सी•महासचिव: दीपक भूषालप्रथम सचिव: बासुदेव दाहालद्वितीय सचिव: बालकृष्ण श्रेष्ठकोषाध्यक्ष: प्रकाश श्रेष्ठस-कोषाध्यक्ष: कर्ण बहादुर गुरुङसदस्य हरु, 

आशिक कार्की 

सुष्मा आचार्य 

 रत्न भट्टराई 

 नवराज भट्टराई 

 पुष्पराज भट्टराई 

 विकल्पराज पोख्रेल 

 आर्यन उप्रेती 

भवनाथ हुँमागाई 

 सुभास गौतम 

 शिव त्रिपाठी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =