लोकसेवाको विज्ञापन तत्काल रद्द गरः कांग्रेस

जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता विशवप्रकाश शर्माले स्थानीय तहमा नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएका हुन् ।
null
‘संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन तत्काल रद्द गर्नुपर्छ । यस सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा हाम्रो पनि समर्थन छ । तर स्थानीय तहमा कर्मचारी करारमा राख्ने पक्षमा हामी छैनौँ ।’
प्रवक्ता शर्माले कांग्रेसको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको दाबी गरे । उनले भने, ‘पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालेको छ । यस अभियानमा पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको विकर्षण रहेको प्रष्ट देखिएको छ ।’
उनले अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेको जानकारी दिए ।








