हिमांशले खुलाए नेहासँगको ब्रेकअपको रहस्यः ‘उनी कार्यक्रममै रुन लागिन्, म पनि रुन चाहन्थेँ’

फागुन ६, काठमाडौं । भारतीय गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीबीच जब ब्रेकअप भएको थियो सबैतिर यसैको चर्चा थियो । ब्रेकअपबाट नेहा निकै टुटेकी थिइन् । हिमांश चुप थिए ।  

अहिले भने हिमांशले यसबारे मुख खोलेका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा हिमांशले भने, ‘मेरो तर्फबाट यो खराब ब्रेकअप थिएन । जब दुनियाँले अनुमान लगाउन सुरु गर्याे तब खराब हुँदै गयो । यो मेरो जिन्दगीको सबैभन्दा खराब चरण थियो । अब भने सबै ठिक हुँदैछ । तर एक समय यस्तो थियो जब सामाजिक सञ्जालमा मेरो मात्रै टिप्पणी हुन्थ्यो ।’ 

उनले थपे, ‘कोही पनि वास्तविक स्टोरी जान्न चाहँदैन थिए र म भिलेन (खलनायक) बनेको थिएँ । यसले मलाई निकै चिन्तित बनाउँथ्यो । मैँले केही बोलेको थिइनँ र मानिसहरु नेहाले बताएका कुरामा आ–आफ्नो निष्कर्षमा थिए । उनी टिभि सो मै रुन लागिन् र सबैले उनैलाई मात्र विश्वास गरे । मलाई आरोप लगाए । म पनि रुन चाहन्थेँ । मेराे पनि दिल दुखेकाे थियाे ।’ 

उनले अन्तर्वार्तामा भनेका छन्–: 

म पनि बोल्न चाहन्थेँ । केही समयपछि मैँले मेरो मन परिवर्तन गरेँ र केही समय माैन रहने विचार गरेँ । किनकी म उसको विरुद्ध कसरी बोल्न सक्छु ? जसलाई मैँले एक समय निकै प्रेम गरेको थिएँ । मैँले कहिल्यै उनलाई सोधिन कि मलाई किन यस्तो गर्यौ तर म निकै हर्ट भएँ । 

त्यो समय धेरै घटना घट्यो तर म यी सबैबारे कुरा गर्न चाहन्नँ । मात्र यति भन्न चाहन्छु कि नेहाँ हाम्रो सम्बन्धलाई अघि बढाउन चाहन्न थिइन् । उनले अगाडी बढ्ने फैसला गरिन् । र म यसलाई सम्मान गर्छु । तर परिस्थिती बद्लियो । उनी सामाजिक सञ्जालमा केही न केही पोष्ट गरिरहन्थिन् जसलाई मैँले झेल्नुपर्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =