न्यायाधीश ओमकार विरुद्ध न्याय परिषद्ले हाल्यो मुद्दा
२०७६ जेठ २० गते

जेठ १९, काठमाडौं । न्याय परिषद्ले तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
न्यायाधीश उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र न्याय सम्पादनमा कैफियत देखिएको भन्दै न्यायपरिषद्ले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उजुरीमाथि छानबिन चलिरहेकै बेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए। उजुरीपछि उनलाई कारबाहीस्वरूप न्याय परिषद् तानिएको थियो।
null
नक्कली शैक्षिक प्रमाणपत्रसँगै भारतीय नागरिकले वंशजका आधारमा नागरिकता लिएको मुद्दामा कम सजाय दिएकोबारे पनि उनीमाथि उजुरी परेको थियो।
२०७६ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित








