प्रदेश नं. १ को पहिलो प्राथमिकता कृषिः मुख्यमन्त्री राई

असोज १४, विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले प्रदेश १ का पहाडी तथा तराईका जिल्ला जडिबुटी,तरकारी र अन्न उत्पादन भण्डारको रुपमा रहेको बताउदै प्रदेशको उर्बर माटोको सदुपयोगबाट यो प्रदेश आत्मनिर्भर हुनसक्ने आधार रहेको बताए ।
उनले कृषि क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले निति तथा कार्यक्रम मार्फत सम्बोधन गरिसकेको बताउदै कृषिक्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने तथा रोजगारी सृजना गर्ने बिषयमा समेत प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

मुख्यमन्त्री राईले भर्खरै विराटनगरमा कृषि निर्देशनालय स्थापना गरिएको स्मरण गराउदै प्रदेशका अन्य जिल्लामा समेत कृषि कार्यालय स्थापना गरेर बजेट परिचालन गरिने जानकारी दिए । कार्यक्रममा १४ जिल्लाका उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा निजी कृषि फार्म सञ्चालकको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =