म मिर्गौला प्रत्यारोपण गर्दैछु, पाँच दिन अस्पताल बस्छु : प्रधानमन्त्री
मकालु खबर
२०७६ फागुन १५ गते
फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मृगौला प्रत्यारोपणको तयारीमा रहेको बताउँदै मिर्गौला प्रत्यारोपणपछि पाँच दिन मात्रै अस्पताल बस्ने बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले स्वास्थ्यका कारण काम गर्न सक्दैन भन्दा पनि दिनमा १८ घन्टा खटिरहेको बताउँदै मृगौला प्रत्यारोपण लगत्तै काम गर्न थाल्ने बताए । उनले भने, ‘म मिर्गौला प्रत्यारोपण गर्दैछु, ५ दिन अस्पताल बस्छु, छैटौं दिन यहाँ आउँछु, त्यसपछि काम गर्छु ।’
null
मकालु खबर
२०७६ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित