कब्जियतको घरेलु उपचार

“
नियमित रूपले दिसा नहुनु दिसा गर्दा पनि बल प्रयोग गर्नुपर्ने अवस्थालाई कब्जियत भनिन्छ । कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण देखा पर्ने एक लक्षण हो । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् । तल दिएका घरेलु उपचारबाट कब्जियतबाट छुट्कारा पाउन सकिन्छ ।
– किसमिसमा प्रशस्त फाइबर (रेशा) पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाँदा कब्जियत ठीक हुन्छ ।
– आलस पनि ग्याँस तथा कब्जियतमा उपयोगी सावित हुन्छ । आलस त्यसै चपाएर खान सकिन्छ । यसको चूर्ण बनाएर तातो पानीसँग खान सकिन्छ । आलसमा फाइबरका साथै ओमेगा थ्री आदि पाइन्छ ।
– नियमित सुन्तला खाँदा पनि कब्जियतबाट छुट्कारा पाइन्छ । सुन्तला खाँदा त्यसको केस्राको सेतो रेशा पनि खानुपर्छ । सुन्तलामा भिटामिन सी, फाइबर आदि तत्व पाइन्छ ।
– मेथीको चूर्ण (पाउडर) मा कालो नुन मिसाएर खाँदा कब्जियत हट्छ ।
– पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेट हल्का बनाउँछ ।
– कब्जियत हटाउन पालकको रसमा पानी मिसाएर खाँदा लाभ मिल्छ ।
– त्रिफला चूर्णको प्रयोग कब्जियतका लागि लाभदायक छ ।
“








