आँखाको क्यान्सर भएका नजिनलाई बचाउन आग्रह

असोज १४, काठमाडौं । म्याग्दी धौलागिरीका आठ वर्षिय एक बालकलाई आँखाको क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभाब भएको छ । म्याग्दी धौलागिरी गाउँपालिका वडा नम्बर २ लम्सुङका आठ वर्षिय बालक नजिन बिकलाई छ महिना देखि क्यान्सर भएको आँखाको उपचारमा आर्थिक अभाब भएको हो ।

छोरा बिरामी हुँदाहुँदै पनि उनका बुबा प्रेम बहादुर बिक आर्थिक अभाबका कारण वैदेशिक रोजगारका निम्ति कतारमा चार महिना अघि मात्र गएका छन । उनले आफ्नो छोराको उपचारका लागि यथेष्ठ आर्थिक स्रोत जुटाउन सकिरहेका छैनन् ।

आँखाको क्यान्सरबाट पिडित बालकको अहिले नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी ललितपुरमा उपचार भइरहेको आमा उदिमाया बिकले बताइन् । अहिले छोराको उपचार गराउन हस्पिटलमा बिरामी भेट्न आउने अन्य बिरामीका कुरुवा र आफन्तले दिएको सहयोगले उपचार गराई रहेकी छिन् ।

यता बालक नजिनको आँखाको उपचारमा आर्थिक समस्या देखिएपछि सिन्धुपाल्चोककी सामाजिक अभियान्ता बबिता योन्जन र म्याग्दीका आशिष परियार (झिल्के हाल मलेसिया) ले उपचारका लागि ‘नजिन बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक संकलन गरिरहेका छन् । तथापि, बालकको उपचारका लागि लाखौं रकम लाग्ने भएकोले खासै आर्थिक संकलन हुन सकिरहेको छैन ।

अभियान्ता बबिता योन्जनले आँखाको अप्रेसन गर्ने समय नजिकिएको र अस्पतालले भनेजति आर्थिक संकलन गर्न नसकिएको बताइन् । उनले मानविय नाता भएकालाई आफुले जतिसक्दो सहयोग गर्न आग्रह गरिन् ।

अहिले बालक नजिन बिकको दाहिने आँखामा भएको क्यान्सरले उनको आँखाको ज्योती गुमेको छ । अहिले बालकको नेपाल क्यान्सर हस्पिटलमा डा.प्रकाश नाथ तिवारीबाट उपचार भइरहेको छ । डाक्टरको भनाइ अनुसार अब चार हप्ता सम्मको निरन्तर उपचार पछि बिरामीको अवस्थालाई हेरेर आँखाको अप्रेसन गरिनेछ । डाक्टरको भनाइ नजिनको आँखाको उपचारमा करिब आठ देखि दस लाख सम्म लाग्ने र अप्रेसन पछि पनि करिब डेढ बर्ष सम्म हपिटलको नजिक रहेर उपचार गर्नु पर्ने अवस्था छ ।

क्यान्सर पिडित बालकको आमा उदिमाया बिकले अहिलेसम्म आफ्ना गाउँले, आफन्त, चिने जानेका र हस्पिटलमा आउने अन्य बिरामीका कुरुवाहरुले छोराको अवस्था देखेर सहयोग गरेको बताइन् । उनले आफ्नो छोरा बचाउन सबैसँग आग्रह गरेकी छिन् ।

बालक नजिनको उपचारका लागि कसैले सहयोग गर्ने मनस्थिति बनाउनु भएको छ भने, आमा उदिमाया बिकको नाममा रहेको ज्योती बिकाश बैंक को खाता नं. ११११११३००१५१९७२०००००१ मा स्वइच्छाले सहयोग रकम जम्मा गरिदिन सक्नुहुन्छ ।
सम्पर्कका लागि आमा उदिमाया बिक ९८०६१२६९३६
नजिन बचाउ अभियान बबिता योन्जन ९८०३४४३४६६१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =