आज फागुन १२ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन १२। सोमबार। इ.स. २०२० फेब्रुवरी २४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। प्रतिपदा, २१:५१ उप्रान्त द्वितीया। नक्षत्र– शतभिषा, १५:२४ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शिव, ७:३२ बजेउप्रान्त सिद्ध। करण– किंस्तुघ्न, ८:५४ बजेदेखि वव, २१:५१ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३६ बजे, सूर्यास्त– १८:०० बजे र दिनमान २८ घडी ९ पला। पञ्चक। ग्याल्पो लोसार। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अत: सचेत रहनु उचित होला ।   

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =