बास्केटबल खेलाडी छनौट प्रतियोगिताः सुनसरी र इलाम फाइनलमा प्रवेश

फागुन १०, धरान । बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनलमा पुरुषतर्फका टीमका लागी सुनसरी र इलाम भिड्ने पक्का भएको छ । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आज (शुक्रबार) भएको छनौट प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले मोरङ्गलाई ६८–३४ र इलामले धनकुटालाई ५४–२८ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

सुनसरी र मोरङ्गले खेलको प्रत्येक क्वाटरमा १२/४, २७/१५, ९/१२ र २०/३ अंक ल्यायो भने इलाम र धनकुटाले १४/५, ११ /९, १८/६ र ११/ ८ अंक जोडेको थियो । सेमिफाइनलमा नै पराजित हुने मोरङ्ग र धनकुटाले तेस्रो उपाधिको लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् । 

null

 

पुरुष खेलाडीहरुको सेमिफाइनल खेलपछि प्रदेश १ का महिला खेलाडीहरुको पहिलो चरणको छनौट कार्यक्रम संपन्न भएको थियो । 

त्यस्तै महिला टीमको फाइनल चरणको छनौट कार्यक्रम पुरुष बास्केटबल खेलाडीहरुको फाइनल खेलअघि संपन्न गरिने जिल्ला बास्केबल संघ सुनसरीका अध्यक्ष तथा छनौट समिति सदस्य नारायण सुवेदिले जानकारी दिए । 

सो छनौट प्रतियोगिताबाट पुरुष १२ र महिला १२ जनाको टीम तयार गरी प्रदेश १ को बास्केटबल टिमका लागि खेलाडी छनौट गरिने बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =