सडकमा दुर्घटनाको एउटा कारण छाडा चौपाया पनि ।

असोज १३, धरान । राजमार्ग हाईवेमा छाडा चौपाया छोडनु पछिल्लो समय सडक दुर्घटनाको  अर्को एक महत्बपुर्ण कारण बन्दै गएको छ ।
शहर बजारका जुनसुकै सडकमा छाडा छोडिएका चौपायाहरु भैसी,रागा,गाई, गोरु, बाछाबाछी लगायतले जथाभावी हिडन थालेपछि दुर्घटना निम्तिने कारण बन्न पुगेको छ ।
जसको पछिल्लो उदाहरण धरान १६ हेन्थाम चोक निवासी तिर्थराज लिम्बुको पाखुराको हडडी खुस्कीनु र नाडीको हडडी भाचिनु हो ।
ईटहरी धरान सडक खण्डको तरहरा पानी पियाको जंगलमा गत बिहिबार बेलुका ६ बजे धरान १६ निवासी लिम्बुको रोयल ईनफिल्ड ३५० सिसिको मोटरसाईकल भैसीमा ठोकिदा उनको दुईवटा हडडी नै भाचिएको छ । हाल लिम्बुको बिपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

हाईवेमा आफनो मोटरसाईकलमा आईरहेका उनि अचानक जंगलबाट भैसी निस्कीयो र मोटरसाईकल संग जुधयो र मैले मोटरसाईकल कन्ट्रोल गर्न नसक्दा दुर्घटना भयो लिम्बुले भने ।
सार्वजनिक सडकमा छाडा चौपाया निकै बाक्लो रुपमा देखियो । अधिकांश सडकमा छाडा रुपमा छोडिएका गाईवस्तुले सार्वजनिक सडकलाई ढाकेका हुन्छन साँझको समयमा त झन छाडा चौपायका कारण सडकमा दिनहु दुर्घटना पनि बढिरहेको छ लिम्बुले भने ।

साघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाय जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउछन् । यसकारण पनि सवारी साधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका उदाहरणहरु धेरै छन् उनले थपे ।
उपत्यका र छेउछाउका स्थानहरुमा गाईपालक संख्या बढेसँगै थारा भैसी,रागा,गाई गोरु तथा साढे र बाच्छा बाच्छी लाई सडकमा छाडा छोड्ने क्रम बढ्दा यस्तो अवस्था निम्तीने गरेको छ ।

खासगरी दुध दिदासम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने परिपाटिका कारण पनि सार्वजनिक सडकमा पशु चौपाया दिनानुदिन बढिरहेको सवारी चालकहरु सुनाउछन ।
छाडा चौपायकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क पनि प्रहरी समक्ष छ । हजारौ बेवारिसे र अलपत्र अवस्थामा जनाबरहरु सडकमा देखिने गरेको छ ।
खाने र बस्ने अभावमा रहेका भोका तथा पानी खान समेत नपाएका जनाबरहरु आफना आहाराका खोजीमा भौतारिने हुदा दिनहुँ जसो कतै न कतै सडक दुर्घटनामा पर्ने गरेको छ ।
छाडा पशु चौपायले सवारी चालकहरुलाई मात्र नभई पैदल हिडडुल गर्नेलाई समेत समस्या पार्नी गरेको पैदलयात्रुहरुको पनि गुनासो छ । यो समस्या एउटा शहरमा मात्रै होइन, सर्वत्र समस्या बनेको छ ।
एकातर्फ छाडा पशु चौपायाको कारण सडक असुरक्षित बन्दै गईरहेको छ भने  अर्कोतर्फ स्थानीय, व्यापारी, पैदलयात्रुले निकै सास्ती खेप्नुपरेको छ ।
यो सँगै शहर पनि ‘कुरुप’ बन्दै गईरहेको छ । यस्ता सम्स्याहरु चाडै नै सामाधान गर्नै सम्बन्धीत निकायहरुले सामधान खोज्न जरुरी छ ।
प्रहरीसँगको सहकार्यमा सहर बजार र प्राय सब्जी मण्डि भित्र भेटिने छाडा चौपायाहरुलाई धपाउने, अन्यत्र व्यवस्थापन गर्ने कार्य गरेको भएपनि प्रभावकारी नभएको पाईन्छ ।

यतिमात्र कहा हो र छाडा चौपायाको मारमा प्रहरी र ट्राफिक पनि पर्नै गरेका छन हाईवेदेखी स साना बाटोमा चौपायाहरु बसिदिन्छन, सवारी जाम हुन्छन, अनि तनाव हुन्छ ट्राफिक प्रहरीलाई ।
स्थानीय स्वायत्त ऐन २०५५ मा छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था पनि छ । तर यो भित्रका नियम कानून सबैमा जानकारी छैन । भए पनि यी चौपायाहरु किन्ने निकाय कहि कतै भएको पाईदैन । तसर्थ, यो समस्या समाधानका लागि सबै पक्ष लाग्नु आवश्यक देखिन्छ भने छाडा चौपाया छाडनेहरुलाई पनि सचेत गराउन सके पनि केही मात्रामा यो समस्या हट्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =