बाहुबलीकै झल्को दिने नालापानीको यस्तो छ टिजर (टिजर सहित)

असोज १२, काठमाडौं । नेपाल र अङग्रेज बिचको ऐतिहासिक नालापानी युद्धको कथामा निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘नालापानी’ को टिजर आएको छ । पद्माकुमारी फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मको टिजरलाई बहुचर्चित हिन्दी फिल्म ‘बाहुबली’को झल्को दिइएको छ । फिल्मका अत्याधिक भिएफएक्स प्रयोग गरिएको छ ।

सन् १८२४ मा नेपाल र ब्रिटिस सेना विचभएको ऐतिहासिक युद्धलाई समेटिएको छ, जसको कथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका छन् । रिमेश अधिकारीले निर्देशन गरेको फिल्ममा अर्जुजजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना स्त्री, मनोज शाक्य लगायतको मुख्य भूमिका रहेको छ । यो फिल्मलाई नेपाली सेनाको एक गणले समेत सहयोेग गरेको छ ।

फिल्ममा २ सय वर्ष अघिको दृश्य देखाउन अत्याधिक भिएफएक्सको प्रयोग गरिएकोले यसको लागत बढेको निर्माण मनोज शाक्यको भनाइ छ ।

भिडियाे हेनुहाेस् 

https://youtu.be/kNssnlTkXyo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =