राजनीति अनि अपराध फरक हुनु पर्थ्यो (गजल)
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज १२ ।
सबै नभए पनि एक–आध फरक हुनु पर्थ्यो ।
राजनीति अनि अपराध फरक हुनु पर्थ्यो ।
देश घायल, जनता कायल..तीनतिर चेपिएर,
कमसेकम दुईतिरको साँध फरक हुनु पर्थ्यो ।
सतीको सराप लागेकै हुनुपर्छ, अरु के भन्नु ?
सधैँको बेथिति छ निर्बाध, फरक हुनु पर्थ्यो ।
नेता भैखानेहरू जो पनि दाता बोकेरै मग्न छन्,
साँच्चै यो देश बोक्ने काँध फरक हुनु पर्थ्यो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








