विधान संशोधनपछी कांग्रेस नयाँ गतिले अघि बढ्छ: महामन्त्री खड्का

विराटनगर, असोज १२ । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले विधान संशोधनपछि पार्टी नयाँ गतिका साथ अघि बढने बताएका छन् । कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागी विराटनगरमा बिहिबार आयोजना गरिएको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै विधान संशोधन समितिका संयोजक समेत रहेका महामन्त्री खडकाले संघिय संरचना अनुसार पार्टीलाई अघि बढाउन विधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेसप्रति जनताको विश्वास रहेकाले जनताको चाहना अनुसार विधान संशोधनको तयारीमा कांग्रेस रहेको उनले बताए । कांग्रेसलाई एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने गरी संशोधनका लागि सुझाव दिन सहभागिलाई उनले आग्रह गरे ।

कार्यक्रममा एक नम्वर प्रदेशका १४ जिल्ला मध्ये १० जिल्लाका कांग्रेस जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि गरि साढे ३ सय भन्दा वढिको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने भेलामा मस्यौदा समितिले प्रस्ताव गरेको विधान मस्यौदामा छलफल तथा सुझाव संकलन गरिने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, नविन्द्रराज जोशी, अमृत अर्याल, तथा रामहरी खतिवडा लगायतको सहभागिता रहेको छ । समुह/समुह बनाएर विधानको मस्यौदामाथी छलफल गर्ने गरेको जिल्ला सभापति लिम्बुले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =