३३ किलो सुन प्रकरण : पूर्वडिआइजी निरौलालाई छोड्न आदेश

काठमाडौं, असोज ११। ३३ किलो सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालत विराटनगरले आदेश गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पूर्पक्षका लागि थुनामा छन्।

उच्च अदालत विराटनगरमा बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले निरौलालाई साधारण तारेखमा राख्दै मुद्दाका पूर्पक्ष गर्न आदेश गरेको हो।

निरौला झुम्का कारागार सुनसरीमा बन्दी छन्।यही मुद्दामा थुनामा रहेका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी पनि अदालतको आदेशपछि तारेखमा रिहा भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =