सरकारको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट

असोज ११ काठमाडौं । प्रतिनिधिसभाको बिहिबार बसेकाे बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपालले सरकारको कार्यशैलीप्रति  असन्तुष्टि जनाएका छन् ।  उनले नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लाग्दा चोक- चोकमा सरकारको व्यापक आलोचना भइरहेको भन्दै  चिन्ता व्यक्त गरे ।

‘हत्या हिंसाका घटना भइरहेका छन् । सरकार र मातहतका निकाय निरिहजस्तै छन्’ नेता नेपालले भने, ‘मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम भईरहदा पनि गृह प्रशासन मौन छ । यस्ता विषयमा सरकारले सुन्ने बानीको विकास गर्न जरुरी छ । सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाइरहेको छ’ नेता नेपालले असन्तुष्टि प्रकट गरे  । उनले सर्वत्र सरकारका कामकारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेको भन्दै उनले कामको गम्भीर  समीक्षा  गर्न सुझाव पनि दिए ।

उनले मुलुकमा सुसासन कायम गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने लक्ष्यमा सरकारको निरिहता देखिदै गएको, जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको चाहाना सम्बोधन गर्न नसकेको तथा शान्ति सुरक्षाको प्रत्याभुति गर्न पनि असफल भएको टिप्पणी गरे ।

निजगढ विमानस्थल निर्माणका सम्बन्धमा रुख कटानको विषयमा पनि नेपालले  असन्तुष्टि जनाए । राम्रो काम गर्दा वात नलाग्ने गरि गरियोस् भन्दै उनले नेपाललाई आत्मनिर्भर हुन नदिने षडयन्त्रमा मुलुक फस्ने खतरा बढ्दै गईरहेको तथा सरकारी निकायममा स्वच्छ छविका, इमान्दार र निष्ठावान व्यक्तिहरु राख्न नसकिएको, विभिन्न संबैधानिक निकायमा लामो समय देखि पद रिक्त रहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

दुईतिहाईको सरकारबाट जनताले  भस्टचार मुक्त , सुसासन गुणस्तरहिन कामको अन्त्य  हाेस  भन्दै ठुलाे आशा र अपेक्षा राखेको  छ । उनले भने  मुलुकको हर समस्या समाधान गर्न संकल्प र आटका साथ अघि बढ्न सरकारलाई सुझाब दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =