अडियो प्रकरणमा कांग्रेसको विज्ञप्ती : सञ्चारमन्त्रीलाई तत्काल वर्खास्त गर्न माग

फागुन ८, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी निश्पक्ष अनुसन्धान प्रक्रियालाइ अघि बढाउन माग गरेका छन् ।   

प्रेस वक्तव्यमा भनिएको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए। तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ।’ 

७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा उनलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन प्रवक्ता शर्माले सरकारसँग माग गरेका छन्। 

साथै शमर्माले  प्रधानमन्त्रीलाई भनेका छन् ‘इन्तु,परन्तु, किन्तुको को अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् । बांकी छलफल अनुसन्धानको प्रक्रियामा !’ प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा अलीलाई उक्त प्रेस वक्तव्य मेन्सन समेत गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =