आफ्नो ठाउँमा राजधानी नतोकेकोले प्रदेशसभा बाहिर विरोध

असोज १०, धनगढी । आफ्नो ठाउँमा राजधानी नतोकेको र संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू(माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधि हरी रेग्मीले बताए ।

धनगढी उप(महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौ लगानी धनगढीमा लगाएको बताए । उनले भने,’सुनियोजित रुपमा तस्करहरु मिलेर वन फडानी गरेर संरचना बनाउनु गलत हो ।’

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =