सुनसरीको दुहवीमा आगलागी हुँदा १ करोड बढीको क्षती

असोज १०, दुहवी । सुनसरीको दुहवीमा आगलागी हुँदा एक करोड बराबरको क्षती भएको छ । दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा वुधवार राती साढे ११ बजे आगलागी भएको हो ।

बिद्युत शर्ट भइ आगलागी भएको हुँन सक्ने संस्थाका अक्ष्यक्ष मिलिराम चोधरीले बताए । उनका अनुसार आगलागीमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको छ ।

संस्थाको पछाडीको भवनमा सामान्य कारोवार असोज ११ गते बिहीवार देखि गरिने संस्थाका अध्यक्ष मिलीराम चौधरीले जनाए । आगलागीबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको छ ।

आगो निभाउन बिराटनगरबाट २ ओटा इटहरी, इनरुवा र दुहवीबाट एक एक वटा गरि ५ ओटा दमकल ल्याइएको थियो । ती दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको दुहवीका बारुणयन्त्र इञ्चार्ज प्रतापचन्द्र राजवंशीले जानकारी दिएका छन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =