ईन्द्रजात्रामा बिभिन्न देशका ५ मेयर सहित ४८ विदेशी पाहुना सहभागी हुने

भाद्र २५, काठमाडौँ । नेवार समूदायको विशेष पर्व  ईन्द्रजात्रामा यस वर्ष ४८ जना विदेशी पाहुना  सहभागी हुने भएका छन् । 

बुधबार  काठमाडौं महानगरपालिकाले पत्रकार सम्मेलन गरी  बिभिन्न देशका ५ जना  मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुन लागेको जानकारी दिएको हो । 

मेयर विद्यासुन्दर शाक्यका अनुसार नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक इन्द्रजात्रालाई पनि समावेश गरी  ५ मेयर सहित ४८ जना विदेशी पाहुनालाई सहभागी गराउन लागिएको हो । 

Image result for ईन्द्रजात्रा

उनले नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन  उनीहरुलाई इन्द्रजात्रामा  सहभागी हुन निमन्त्रणा गरिएको पनि बताए ।   

काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरेको र  इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिकाले नै उठाउने मेयर शाक्यले जानकारी दिए ।   

आउँदो २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन् भने उक्त कार्यक्रमको लागि बिहिबारदेखी ति पाहुनाहरु नेपाल भित्रिन सुरु गर्नेछन् ।   

मंगलबार देखी सुरु गरिएको इन्द्रजात्रा  बिहान ९ः१७ बजेको साइत पारेर गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो  ठड्याएर  शुभारम्भ गरिएको थियो । 

 ८ दिने सम्म चल्ने यस जात्रा आठौँ दिन लिंगो ढालेपछि  समाप्त भएको मानिन्छ । ईन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले वसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =