सिन्धुपाल्चाेककाे भाेटेकाेशीमा ‘१८ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ हुने

मंसिर ६, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको १८ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज हुने भएको छ ।   

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म भोटेकोशी नदीमा सो प्रतियोगिता हुन लागेको हो ।   

नेपालको भोटेकोशी, सुनकोशी र कर्णाली नदीहरु विश्वका उत्कृष्ट साहसिक जलयात्रा नदीहरु अन्तर्गत पर्दछन् । जसका कारण नेपाल संसारको उत्कृष्ट सहासिक जलयात्रा गन्तव्यको रुपमा परिचित छ ।   

नेपालको साहसिक जलयात्राको महत्व र विशेषताहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ नाराले सन् २००२ देखि नियमित रुपमा गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको उक्त खेलकुद प्रतियोगिता गर्न लागेको हो ।   

नाराको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सहकार्य, प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ३, हिमालयन रिभर गाईड एसोसिएसन नेपाल, नेपाल राफिटङ एण्ड केनोईग एसोसिएसन, सिन्धु पर्यटन व्यवसायी संघ, बलेफी गाउँपालिका, चौतारा साँगाचोक गडी नगरपालिकाको प्राविधिक सहकार्यमा सञ्चालन गर्न लागिएको नाराका अध्यक्ष गंगा प्रसाद नेपालले जानकारी दिए ।   

प्रतियोगीतामा अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत कायाक स्लालोम, कायाक डाउन रिभर रेससँगै ३ खेलहरु छन् । त्यस्तै राष्ट्रिय स्तरको कर्पोरेट राफ्ट डाउन रिभर रेस पनि हुनेछ । अन्तर्राष्ट्रिय खेलमा सहभागीता जनाउनका लागि ५ हजार ५ सय तोकिएको छ भने राष्ट्रिय खेलमा सहभागिता जनाउनका लागि ३ हजार शुल्क लाग्ने जानकारी दिइएको छ ।   

कर्पोरेट राफ्ट रेसमा प्रवेश शुल्क प्रतिटिम ७५ हजार शुल्क लाग्ने छ । प्रतियोगितामा पुरुषतर्फ पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार पुरस्कार रहेको छ । त्यस्तै महिलातर्फ पहिलो पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार २० हजार पुरस्कार रहेको छ ।   

खाना र खाजाको व्यवस्था छ । खेलका लागि आवश्यक सामग्री भने प्रतियोगी आफैँले लैजानु पर्ने जानकारी दिइएको छ । 

आयोजकका अनुसार ६० लाख ५० हजार खर्च अनुमानित सो प्रतियोगितामा स्वदेशी तथा विदेशी प्रतियोगीहरु समेत २ सय जना तथा आमन्त्रित पाहुनाहरु र अन्य सहभागी १ सय जना गरी करिब ३ जनाको सहभागीता रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =