चितवनमा ट्याङ्करको ठक्करबाट एकको मृत्यु
२०७६ माघ २ गते

माघ २, चितवन । बिहिबार बिहान चितवनमा ना ७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
चितवनको खैरहनीमा हेटौँडाबाट नारायणगढतर्फ आउँदै उक्त ट्याङ्करले परिचय खुल्न नसकिएको अन्दाजी ३५ वर्षिय एक पुरुषलाइ ठक्कर दिएको थियो ।
ट्याङ्करको ठक्करबाट गम्भिर घाईते भएका उक्त पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको छ ।
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








