भैरहवाको बालगृहबाट ६ जना कैदीबन्दी फरार

माघ २९, भैरहवा । रुपन्देहीको बाल सुधार गृहबाट ६ जना कैदीबन्दी फरार भएका छन् । रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट सोमबार राति ६ जना कैदीबन्दी फरार भएका हुन् ।
सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकालिएको समयमा उनीहरु फरार भएको बताइएको छ ।
फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पुपुक्र्षका लागि थुनामा रहेका देवदह–७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, सोही मुद्दाका ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी–४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।
null
त्यस्तै चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन–३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, सोही मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका–४, स्याङ्जाका १७ वर्षीय अनिश थापा, पूर्पक्षका लागि थुनामा रहेका बुटवल–८ का १५ वर्षीय राजेश सुनार र नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार–३, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा फरार भएका हुन् ।
फरार अभियुक्त र कैदीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








